काठमाडौं । नाडा अटो शो २०१८ सुरु भएको छ । काठमाडौंको भृकुटी मण्डपमा आयोजना भएको उक्त मेलाको उद्घाटन अर्थमन्त्री डा यूवराज खतिवडाले गरे । सो कार्यक्रममा बोल्दै अर्थमन्त्री डा खतिवडाले ऋण लिएर गाडी नचढ्न सुझाव दिएका छन् । नाडा अटो शोमा प्रमुख अतिथीका रुपमा आफ्ना धारणा राख्दै उनले ऋण लिएर गाडी नचढ्न सुझाव दिएका हुन् । ‘’ऋण लिएर गाडी नचढ्नुस, यसले न व्यक्तिलाई फाइदा गर्छ न त देशलाई नै । नगदै तिर्न सक्ने क्षमता बनाएपछि मात्रै गाडी चढ्नुस’, अर्थमन्त्री डा. खतिवडाले भने ।

मन्त्री डा. खतिवडाले गोरखकाली टायर उद्योग पुनः सञ्चालनको तयारी भैरहेको बताउँदै सवारी साधनका नक्कली पार्टपूर्जाहरुको आयातमा कडाई गर्ने पनि बताए । उनले अटोमोबाइल क्षेत्रले मुलुकको राजश्वमा १५ प्रतिशत योगदान दिएको बताउँदै त्यस्तो क्षेत्रको विकासमा सरकार सम्वेदनशिल रहेको दावी पनि गरे । मन्त्री खतिवडाले विद्युतिय सवारी साधन र ठूला सवारीहरुको आयातमा सरकारले बिशेष सहुलियत दिएको र त्यस्तो सहुलियतलाई निरन्तर बनाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

उनले करको दर र दायरा घटाएर देशको विकास गर्ने सिद्धान्त अर्थशास्त्रमा कहिं पनि नभएको समेत स्पष्ट पारे । मन्त्री खतिवडाले आफु स्पष्ट वक्ता भएकाले सत्य मात्रै बोल्ने बताउँदै सत्य कुरा गर्दा गाली गरे सहन तयार परेको पनि बताए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले अटोमोबाइल क्षेत्रप्रति सरकारको दृष्टिकोण नकारात्मक रहेको बताएक छिन् ।
कार्यक्रममा नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले भने ‘सरकारले राजस्व यस क्षेत्रबाट धेरैपाएपनि यस क्षेत्रको विकासमा उदासिनता देखाएको बताए । नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष भवानी राणाले मन्तब्य राख्दै भनिन् ‘सरकारले वतावरण निर्माण गर्ने हो भने नेपाली निजी क्षेत्र उद्योगमा लगानी गर्न तयार रहेको छ ।’ कार्यक्रममा बोल्ने अधिकंश बक्ताहरुले सवारीसाधनलाई विलासीताको बस्तुको रुपमा नर्हेन सरकारसँग अाग्रह गरेका थिए ।






Comment