काठमाडौं । इस्लाम धर्मालम्बीहरूको पर्व बकर इदको अवसरमा प्रदेश १ को सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
यसअघि प्रदेश २ ले पनि बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । संघीय सरकारले बिदा कटौती गरेपछि प्रदेश सरकारहरुले आ–आप्mनो क्षेत्रमा बिदा दिँदै आएका छन् ।
तर यस अघिको आदिबासी दिवसको सन्दर्भमा प्रदेश सरकारले दिइएको बिदा जिल्ला प्रसाशन कार्यालयले अस्वीकार गरेको थियो । यता मुस्लिम अगुवाहरुले बक इदलाई राष्ट्रिय पर्वको रुपमा लिँदै देशभर नै सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै प्र.म. केपी शर्मा ओलीको ध्यानाकार्षण गराएको थियो ।
प्रम ओलीले एक साता अघि नै सार्वजनिक बिदा दिने आश्वासन दिएको भए पनि यसबारेमा गृह मन्त्रालयले अझै निर्णय गरिसकेको छैन ।
Comment