सन नेपाल लाईफ ईन्स्योरेन्स र एनसिसि बैंकबीच बैंकास्योरेन्स सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सन नेपाल लाईफ ईन्स्योरेन्स र एनसिसि बैंकबीच बैंकास्योरेन्स सम्झौता



काठमाडाै । सन नेपाल लाईफ ईन्स्योरेन्स र एनसिसि बैंक बीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाईफ ईन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र एनसिसि बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अन्तर्गत एनसिसि बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ ईन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ ईन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु एनसिसि बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।

सन नेपाल लाईफले कारोवार शुरु गरेको ९ महिना भित्र २०७५ आषाढ मसान्तसम्ममा बैदेशिक रोजगार बीमा बाहेक बिभिन्न ११ प्रकारका बीमा योजनाहरुमा ९८२१ पोलिसी बिक्री गरी कुल रु. २९ करोड ६९ लाख ७५ हजार छ सय ६५ रुपैँया प्रिमियम संलकन गरेको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. ले निकट भविष्यमा आफ्नो चुक्ता पुँजी २ अर्व पुर्याउन ६० करोड मुल्यकोे आइपिओ शेयर सर्वसाधारणमा बिक्रीको लागि ल्याउँदै छ ।

प्रकाशित : ३ भाद्र २०७५, आईतवार १७:५३