स्वरोजगार लघुवित्तले २१.५२६ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

स्वरोजगार लघुवित्तले २१.५२६ प्रतिशत लाभांश दिने



काठमाडाै । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई २१.५२६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
साउन ३१ गते बसेको संचालक समितिको बैठकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि नगद १.०५२६ प्रतिशत लाभांश दिने दिएको हो ।

उक्त बोनस सेयर कम्पनीको साधारणसभाबाट पारी भई नेपाल राष्ट्र बैंकबाट स्वीकृत पछि मात्र सेयरधनीले पाउनेछन् ।

प्रकाशित : ३ भाद्र २०७५, आईतवार १५:३३