काठमाडौं । अन्डरवर्ल्ड डन दाउद इब्राहिमको ‘डी–कम्पनी’को आर्थिक कारोबार सम्हाल्दै आएका म्यानेजर पाकिस्तानी नागरिक जबिर मोती लन्डनमा पक्राउ परेका छन् ।
लण्डनस्थित हिल्टन होटलबाट उनलाई ब्रिटेन सुरक्षा एजेन्टीले पक्राउ गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । मोती पक्राउ परेसँगै डि–कम्पनीको आर्थिक लेनदेन र दाउदसँग जोडिएका कयौं जानकारी पाउन सकिने विश्वास प्रहरीले लिएको छ ।
१० वर्षे भिसामा ब्रिटेन पुगेका थिए उनी दाउदी पत्नी महजबिन, छोरी महरिन र ज्वाईँ जुनैदबीच भएको कारोबार जाँचपछि उनलाई हिरासतमा लिइएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।





Comment