दुई सेयर दलाल कम्पनी निलम्बनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

दुई सेयर दलाल कम्पनी निलम्बनमा



नेपाल स्टक एक्सचेञ्जले दुई सेयर दलाल कम्पनी निलम्बन गरेको छ ।  एबिसी सेक्युरिटिज प्रा.ली नम्बर १७ काे र सेयर दलाल नम्बर ५ मार्केट सेक्युरिटिज प्रा.लि कारोबार गर्न रोक लगाएको हो ।

धितोपत्र बोर्डको निर्देशन अनुसार सो ब्रोकरहरुलाई निलम्बन गरिएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार दुबै दलाल कम्पनीले धितोपत्र बोर्डलाई तिर्नुपर्ने बार्षिक शुल्क नतिरेकाले निलम्बन गरिएको हो ।

ब्रोकरहरुले संकलन गरेको कुल सेवा शुल्कको ०.६ प्रतिशत रकम नियमन शुल्क बापत धितोपत्र बोर्डलाई बुझाउनुपर्ने व्यवस्था छ ।

प्रकाशित : ३ भाद्र २०७५, आईतवार १२:१०