मन्त्रालयको स्वीकृतिविनै विदेश भ्रमणमा जनप्रतिनिधि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

मन्त्रालयको स्वीकृतिविनै विदेश भ्रमणमा जनप्रतिनिधि



काठमाडौं  / स्थानीय तहका जनप्रतिनिधि संघीय सरकारका कुनै पनि निकायकालाई थाहै नदिई विदेशभ्रमणमा निस्कने गरेका छन् ।

काठमाडौं र ललितपुर महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र चिरिबाबु महर्जन संघीय मामिला मन्त्रालयको स्वीकृतिविनै विदेश लागेको खुलासा भएको हो । आजको कान्तिपुरमा समाचार छापिएको छ ।

संघीय मामिला मन्त्रालयले स्थानीय तहका पदाधिकारीलाई अनिवार्य भ्रमण गर्नुपूर्व सहमति लिन गत चैत २१ गते सर्कुलर गरेको थियो । उक्त अवधिदेखि अहिलेसम्म ५० पदाधिकारीले मात्र मन्त्रालयसँग भ्रमणको पूर्वस्वीकृति लिएका छन् ।

स्वीकृति लिएरभन्दा जानकारी नैनदिई विदेश जाने पदाधिकारीको संख्या बढी रहेको मन्त्रालयको योजना तथा विकास सहायता समन्वय महाशाखाले जनाएको छ ।

प्रकाशित : १९ श्रावण २०७५, शनिबार ०७:५९