नेशनल माइक्रोफाइनान्सको नाफा १९ प्रतिशतले बढी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेशनल माइक्रोफाइनान्सको नाफा १९ प्रतिशतले बढी



काठमाडौं। नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको नाफा करिब १९ प्रतिशतले बढेको छ । यो वित्तीय संस्थाले गत आवको एक वर्षमा १ करोड ३६ लाख ६२ हजार रुपैयाँले नाफा बढाएर ८ करोड ५७ लाख ६३ हजार रुपैयाँ कमाएको छ ।

यो वित्तीय संस्थाको यस्तो नाफा अघिल्लो आवमा ७ करोड ११ लाख ११ हजार रुपैयाँ मात्रै थियो । यो वित्तीय संस्थाको चुक्ता पुँजी १२ करोड ३ लाख रहेको छ । यसले ७४ करोड ५८ लाख रुपैयाँ निक्षेप संकलन गरेर २४ करोड १७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसको लगानी २० लाख मात्रै छ भने जगेडा कोषमा १ करोड ७१ लाख रुपैयाँ छ ।

यसको खराव कर्जा ०.९२ प्रतिशत छ । यो कर्जा अघिल्लो वर्ष १.३० प्रतिशत थियो । यो वित्तीय संस्थाको प्रति शेयर आम्दानी ७१ रुपैयाँ २६ पैसा छ । यसको प्रति शेयर नेटवर्थ २४२.०८ रुपैयाँ रहेको छ ।

प्रकाशित : ६ श्रावण २०७५, आईतवार १२:३३