काठमाडौं । प्राइम लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोजकुमार भट्टराई पुनः नियुक्त भएका छन् । चार वर्षको कार्यकाल सकिएपछि कम्पनीले भट्टराईलाई पुनः चार वर्षका लागि नियुक्त गरेको हो ।
कम्पनीको सञ्चालक समितिले असार पहिलो साता नै भट्टराईलाई पुनः नियुक्त गर्ने निर्णय गरेको थियो ।
Comment