नागवेलीको हकप्रद साउन ४ देखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नागवेलीको हकप्रद साउन ४ देखि



काठमाडाै । नागवेली लघुवित्त वित्तीय संस्था लिमिटेडले चुक्ता पुँजी ७ करोड ६६ लाख ४६ हजार ३१५ रुपैयाँलाई बढाउन शत्प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ ।

यो वित्तीय संस्थाले १ कित्ता शेयर हुनेका लागि नयाँ एक कित्ता नै (१ः१ को अनुपातमा) शेयर दिने भएको छ। यो संस्थाले ७ करोड ६६ लाख ४६ हजार ३१५ कित्ता शेयरकै हकप्रद जारी गरेको छ ।

यो वित्तीय संस्थाल १ सय रुपैयाँमा जारी गरेको सर्वसाधारण शेयरको हकप्रदका लागि यही साउन ४ गतेदेखि भदौ ७ गतेभित्र आवेदन दिनु पर्ने छ ।

यसको शेयर आवेदन दिन यही असार २१ गचतेभित्रै शेयर कारोबार भएका शेयरधनीले पाउने छन् । यसको शेयर आवेदन गर्न एनएमबी क्यापिटल, एनएमबी बैंकका विभिन्न शाखा, नागवेली लघुवित्त, गुडविल फाइनान्स, सेन्ट्रल फाइनान्स, कामना सेवा विकास बैंक र सी आस्वा लागू भएका बैंक तथा वित्तीय संस्थाबाट दिन पाइने छ ।

यसको विक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेड हो । यो लघुवित्तको पछिल्लो समय नेपाल स्टक एक्चेन्जमा प्रतिकित्ता शेयर कारोबार २४८० रुपैयाँमा भइरहेको छ ।

प्रकाशित : १८ असार २०७५, सोमबार ०८:१३