नेपाली कांग्रेसका सांसद गगन थापाले डा. गोविन्द केसीलाई शान्तिपूर्ण प्रदर्शन गर्न नदिएकोमा आपत्ती जनाएका छन् । आइतबार प्रतिनिधि सभामा ४० सेकेण्ड सम्बोधन गरेका उनले प्रधानमन्त्री केपी ओलीमाथी पनि व्यंग्यात्मक कटाक्ष गरे ।
यस्तोछ उनको भनाई
मेडिकल कलेज नभएको ठाउँमा सरकारले मेडिकल कलेज खोलोस् । जनताका छोराछोरीले निस्शुल्क चिकित्सक बन्न पाऊन् या सस्तोमा बन्न पाऊन् । गाउँगाउँमा स्वास्थ्य सेवा पुर्याइयोस् भनेर माग राख्ने डाक्टर गोविन्द केसीलाई शान्तिपूर्ण प्रदर्शन गर्न पनि नदिने, तर दुईवटा कम्युनिस्ट पार्टी एकीकरण भएको उपलक्ष्यमा दुई कम्युनिस्ट पार्टीका महान अध्यक्षज्यूहरूलाई आफ्नो घरमा बोलाएर चरेसको थालमा मार्सी धानको भात खुवाउने कम्युनिस्ट परिभाषा अनुसारको दलाल पूँजीपतिको मेडिकल कलेज जसरी पनि खुलोस् भन्ने उद्देश्यले सदनमा चिकित्सा शिक्षा विधेयक ल्याउने सम्माननीय प्रधानमन्त्रीज्यूको यो समाजवादलाई नेपालमा हार्दिक स्वागत छ !
Comment