मिर्मिरे माईक्रोफाइनान्सको ४ लाख ५० हजार कित्ता हकप्रद निष्कासन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मिर्मिरे माईक्रोफाइनान्सको ४ लाख ५० हजार कित्ता हकप्रद निष्कासन



काठमाडौं  । मिर्मिरे फाईक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले ४ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । प्रति कित्ता एक सय दरको यो शेयरको हकप्रदको लागि यही असार २७ गतेदेखि साउन २९ गतेसम्म आवेदन दिन सकिने छ ।

यस वित्तिय संस्थाले हाल कायम चुक्ता पुँजी ४ करोड ५० लाख को १ शेयर बराबार नयाँ एक शेयर ९१ः१०को अनुपातमा उक्त शेयर जारी गरेको हो । यसको शेयरमा आवेदन दिन गत जेठ १७ गतेसम्म कारोबार भएका शेयरधनीले मात्रै पाउने भएका छन् ।

यसको शेयर आवेदन दिन एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, लगनखेल, लालदरबार, पोखरा, बुटवल, बीगरन्ज र विराटनगर, बैंको कार्यालय र इन्भेष्टमेन्ट बैंकको कार्यालय विराटनगर, बीगरगन्ज, नेपालजन्ज, नारायागण र बुटवल र धनगढी तथा सी आस्वा लागू भएका सबै वित्तिय संस्थाबाट आवेदन दिन सकिने छ ।

यसको विक्री प्रवन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड हो । पछिल्लो समय नेपाल स्टक एक्सचेन्जमा यसको शेयर कारोबार १६१७ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : १० असार २०७५, आईतवार ११:४५