देव विकास बैंकको एघारौं वार्षिक साधारण सभा असार २७ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

देव विकास बैंकको एघारौं वार्षिक साधारण सभा असार २७ गते



काठमाडौं । देव विकास बैंकको एघारौं वार्षिक साधारण सभा असार २७ गते हुने भएको छ । बैंकले साधारण सभाबाट सर्वसाधारणहरुलाई गत वर्षको मुनाफाबाट १७ दशमलव १५ बोनस दिने विशेष प्रस्ताव पेश गरेको छ । शुन्य दशमलव ९०५ नगद लाभांश (कर प्रयोजनका लागि) को प्रस्ताव पनि रहेको छ ।

साधारण सभा नेपा ब्यांकेट, खुसिबुमा बिहान ११ बजे सुरु ११ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बोनस पश्चात चुक्ता पुँजी वुद्धि हुने भएकाले सोही अनुरुप बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि बैंकले असार १५ गतेबाट २७ गतेसम्म बुक क्लोज गर्नेछ । असार १४ सम्म मात्र कायम सेयरधनीले मात्र बोनस र नगद लाभांश सुरक्षित गर्न सक्नेछन् ।

प्रकाशित : ६ असार २०७५, बुधबार १४:३६