एभरेष्ट बैंकको सीतापाइलामा शाखा बिस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एभरेष्ट बैंकको सीतापाइलामा शाखा बिस्तार



काठमाडौ । देशको कुना–कुनामा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ एभरेष्ट बैंकले विभिन्न स्थानहरुमा आफ्नो शाखा विस्तार गर्दै गएको छ । यसै क्रमलाई निरन्तरता दिंदै बैंकले काठमाडौंको सीतापाइलामा आफ्नो शाखाको समुद्घाटन गरेको छ ।

सीतापाइला शाखाको समुद्घाटन यस बैंकमा संयुक्त लगानी रहेको पंजाब नेशनल बैंकका कार्यकारी निर्देशक तथा एभरेष्ट बैंकका निर्देशक, श्री एल.भि. प्रभाकर ज्यूले गर्नु भएको थियो । उक्त कार्यक्रममा बंैकका संस्थापक निर्देशक श्री अरुण मान शेरचन, प्रमुख कार्यकारी अधिकृत श्री सोमेश्वर सेठ र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

यस बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या साढे नौ लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । हालै भएको CAMELS Rating मा एभरेष्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : ४ असार २०७५, सोमबार १७:५२