गण्डकी विकास बैंककाे तीन स्थानमा शाखा विस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गण्डकी विकास बैंककाे तीन स्थानमा शाखा विस्तार



काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले थप तीन स्थानमा शाखा विस्तार गरेको छ । रुपन्देहीको मानपाकडी, पोखराको मालेपाटन प्रस्याङ्ग तथा लामाचौरमा बैंकले शाखा विस्तार गरेको हो ।

योसँगै बैंकको मुलुकभरको शाखा सञ्जाल ६२ पुगेको छ । नयाँ शाखा कार्यालयहरुबाट निक्षेप परिचालन, कर्जा प्रवाहसँगै आधुुनिक बैंकिङ सेवा प्रदान गरिने बैंकले जनाएको छ ।

 

बैंकले आ.व. २०७४/७५ को तेस्रो त्रैमासमा निक्षेप रु. २० अर्ब ४३ करोड पुर्याएको छ भने कर्जातर्फ १८ अर्ब ३२ करोड पुर्याएको छ ।

बैकका अनुसार विभिन्न १५ शाखाहरु निर्माणाधीन अवस्थामा छन् । यसै आर्थिक वर्षभित्र यी शाखाहरु सञ्चालनमा ल्याउने बैंकको लक्ष्य रहेका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिए ।

प्रकाशित : ४ असार २०७५, सोमबार ११:५०