कामना सेवा विकास बैंकको लाभांश कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कामना सेवा विकास बैंकको लाभांश कति ?



काठमाडाै । कामना सेवा विकास बैंकले गत आर्थिक बर्षको कमाईमा लाभांश घोषणा गरेको छ। बैंकको जेठ ३० गते बसेको २४९ औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १२ प्रतिशत लाभांश प्रस्ताब गरेको नेप्से मार्फत जनाइएको छ।

 

बैंकले ५।५० प्रतिशत बोनस शेयर तथा ६।५० प्रतिशत नगद लाभांश गरि कुल १२ प्रतिशत लाभांश घोषणा गरेको हो। उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात शेयरधनिहरुमा लाभांश वितरण हुनेछ।

१५ प्रतिशत हकप्रद तथा लाभांश वितरण पश्चात बैंकको चुक्ता पुंजी २ अर्ब ५ करोडबाट २ अर्ब ५० करोड पुग्नेछ। बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा २२ करोड ८१ लाख खुद मुनाफा आर्जन गरेको छ।

प्रकाशित : ३१ जेष्ठ २०७५, बिहीबार १३:०१