मौद्रिक नीति बारे यसो भन्छन गभर्नर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मौद्रिक नीति बारे यसो भन्छन गभर्नर



काठमाडाै । नेपाल राष्ट्र बैंकका गभर्नर ड़ा चिरिन्जीबी नेपालले बजेटको लक्ष्यलाई सहयोग पुग्ने गरि मौद्रिक नीति आउने बताएका छन। सरकारले ८ प्रतिशतको आर्थिक वृद्धि र ६.५ प्रतिशतको हाराहारीमा मुल्यवृद्धि कायम राख्ने लक्ष्य लिएको छ।

आइबीएन मिडिया एण्ड रिसर्चले आयोजना गरेको ‘मौद्रिक नीति २०७५/७६’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर नेपालले विगत दुई आर्थिक वर्षमा नेपालले ६ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि गरेको बताउदै नेपालको कुल ग्राहस्थ उत्पादन पनि ३ हजार अर्ब हाराहारी पुगेको बताए ।

गभर्नर नेपालले राजनीतिक अस्थिरता, घण्टौको लोडसेडिङको बाबजुद पनि ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको हुदा हालको समयमा स्थिर सरकार र लोडसेडिङ पनि करिब करिब अन्त्य भइसकेको हुनाले ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न गाह्रो नहुने ठोकुवा गरे ।

विगतमा केन्द्रिकृत स्तरको मात्रै बजेट आउने गरेकोमा हाल संघीय बजेट, प्रान्तीय र स्थानीय बजेटसँगै त्यही अनुसारको आर्थिक क्रियाकलाप समेत बढ्ने हुँदा आर्थिक वृद्धि हासिल नहुने कुरामा शंका नगर्न उनले सबैलाई आग्रह गरे ।

प्रकाशित : ३१ जेष्ठ २०७५, बिहीबार ०८:२१