एनआईसी एशिया बैंकका थप दुई नयाँ शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एशिया बैंकका थप दुई नयाँ शाखा



काठमाडाै । एनआईसी एशिया बैंकले आफ्ना दुई नयाँ शाखा कञ्चनपुरको बेदकोट नगरपालिका र महोत्तरीको सम्सी गाँउपालिकामा स्थापना गरेको छ ।

बुधबार बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दबाट बेदकोट शाखाको र सम्सी गाँउपालिकाका अध्यक्ष मो. शेख फारुकबाट सम्सी शाखाको उद्घाटन भएका छन् ।

मुलुकभर २२४ शाखा कार्यालयहरु, २१० एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार १६६ अर्ब रुपैयाँभन्दा बढि पुगेको छ भने बैंकको कुलकर्जा करिब ११८ अर्ब रुपैयाँ र कुल निक्षेप करिब १४१ अर्ब रुपैयाँ पुगिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ ।

प्रकाशित : ३० जेष्ठ २०७५, बुधबार २१:२८