एनएमबि बैंकको एफपीओ अावेदन खुल्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएमबि बैंकको एफपीओ अावेदन खुल्याे



काठमाडाै । एनएमबि बैंकको फर्दर पब्लिक इस्यू(एफपीओ)को आवेदन खुला गरेको छ । बैंकको एक सय रुपैयाँ अंकित मुल्यमा २३३ रुपैयाँ प्रिमियम थप गरि ३३३ रुपैयाँको १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ बिक्री खुला गरेको हो । बैंंकले एफपिओ निष्काशनको लागि २०७४ जेठ २२ मा धितोपत्र बोर्डमा आबेदन दिएको थियो ।

बैंकको ३ अर्ब ८० करोड १२ लाख ४९ हजार २७९ रुपैयाँ बराबरको १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ बिक्री खुला गरेको बैंकले जनाएको छ । न्युनतम १० कित्ता र अधिकतम् ५७०७० कित्ता शेयरमा आवेदन दिने सकिने छ । शेयर निष्कासन बन्दहुने छिटोमा असार ३ गते र ढिलोमा असार २८ गतेसम्म रहेको छ ।

एफपीओ निष्काशन पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार रुपैयाँ पुग्छ । बैंकले शेयर निष्काशन तथा विक्री प्रबन्धकको रुपमा नागरिक लगानी कोषलाई नियुक्ति गरेको छ ।

प्रकाशित : ३० जेष्ठ २०७५, बुधबार १०:२२