सिभिल बैंकको बचत र मुद्दती दुबैमा १० प्रतिशत ब्याज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिभिल बैंकको बचत र मुद्दती दुबैमा १० प्रतिशत ब्याज



काठमाडौं । सिभिल बैंक लिमिटेडले सर्वाधिक ब्याज पाइने बचत खाता योजना “चन्द्रसूर्य बचत खाता” ल्याएको छ । बैंकले यस बचत खातामा सर्वाधिक १० प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्नेछ । न्यूनतम मौज्दात १० हजार रुपैयाँ रहेको यस बचत खातामा ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक, एसएमएस बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, लकरको वार्षिक शुल्कमा शतप्रतिशत छूट तथा पाँच लाख रुपैयाँसम्मको दूर्घटना मृत्यु/अपाङ्गताको निःशुल्क बीमा सेवा प्रदान गरिने बैंकले जनाएको छ ।

त्यसैगरी, आफ्ना ग्राहकहरुलाई उच्च प्रतिफल दिने क्रममा २२२ दिने मुद्दती खातामा १२.२२ प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने भएको छ, जसमा न्यूनतम मौज्दात तीन लाख रुपैयाँ रहेको छ ।

साथै, बैंकले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा/योजनाहरु प्रदान गर्दै जाने बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले बताएका छन् ।

प्रकाशित : २८ जेष्ठ २०७५, सोमबार १७:०३