काठमाडाै । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल प्रचन्डले दुई ठूला कम्युनिष्ट पार्टीहरुबीचको एकता ठूलो पार्टी बनाउन नभई देशको आर्थिक समृद्धिका लागि भएको बताउनुभएको छ ।
आज कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका लेवाडेस्थित जन्मस्थान पुग्नुभएका अध्यक्षले देश भित्रका र बाहिरका प्रतिक्रियावादीहरु पार्टी एकीकरण हुनेमा विश्वास नभएको बताउँदै पार्टी एकताले उनीहरु आश्चर्यमा परेको बताउनुभयो ।
साहस र आँट गरेनौं भने देश अर्को ७० वर्ष अराजकतातिर जान्छ र देशले विकासको गति लिँदैन भनेर नै आफूहरुले पार्टी एकताको पहल गरेको उहाँको भनाई थियो ।
Comment