सिटिजन्स बैंकले एकसाथ ६ नयाँ शाखाको विस्तार गर्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिटिजन्स बैंकले एकसाथ ६ नयाँ शाखाको विस्तार गर्यो



काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सोमबार एकसाथ ६ नयाँ शाखाको विस्तार गरेको छ । बैंकले सोमबार प्रधान कार्यालय काठमाडौंबाटै एकसाथ ६ नयाँको उद्घाटन गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले केद्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बिच माउस दबाएर ६ वटा शाखा कार्यालयहरुको उद्घाटन गरे । शाखा उद्घाटन पछि पत्रकारहरुसँग कुरा प्रमुख कार्यकारी अधिकृत भण्डारीले हाल ६ शाखा थपिएसँगै बैंकको शाखा ७४ पुगेको जानकारी दिए ।

सीईओ भण्डारीले बैंकले चालु आर्थिकभित्रै ८१ व्टा शाखा कार्यालय पुर्याउने समेत जानकारी दिए । उनले सिटिजन्स सुरक्षित र भरपर्दो बैंक रहेको भन्दै लगानीकर्ताहरुलाई उच्चतम प्रतिफल दिन समेत बैंक सफल भएको बताए ।

कार्यक्रममा बोल्दै नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकले ग्राहकहरुको सेवालाई प्राथमिकतामा राखेको जानकारी दिदै संघीयता आउनु भन्दा पहिलदेखि नै सेवा विस्तार गरिरहेको बताए ।

नायव प्रमुख कार्यकारी अधिकृत पोखरेलले सिटिजन्स बैंक मुलुककै सबैभन्दा अग्लो स्थान हुम्लाको सिमिकोटमा शाखा खोल्ने पहिलो बैंक भएको समेत जानकारी दिए ।

बैंकले सोमबार इलाको माङसेबुङ, सोलुखुम्बुको लिखुपिके, रामेछापको सुनापति, काभ्रेको तिमाल, सिन्धुलीको हरिहरपुरगढी र धनकुटाको खाल्सा छिन्ताङ सहीदभुमीमा शाखा विस्तार गरेको हो ।

प्रकाशित : 14 May, 2018 1:26 pm