शेयर लगानीकर्तालाई अर्थमन्त्रीको जवाफ- सरकारले लगानीको ग्यारेन्टी गर्दैन, नाफा घाटाको जिम्मा आफै लिनु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

शेयर लगानीकर्तालाई अर्थमन्त्रीको जवाफ- सरकारले लगानीको ग्यारेन्टी गर्दैन, नाफा घाटाको जिम्मा आफै लिनु



सुस्मा पुरी

काठमाडौँ । अर्थमन्त्री डा.युवराज खतिवडाले लगानीकर्ताहरुले नाफा घाटाको जिम्मा आफै लिनुपर्ने बताएका छन् । सरकारले सेयर बजारमा सरकारले मूल्य निर्धारण नगर्ने र लगानीको ग्यारेन्टी नगर्ने बताउदै  उनले लगानी डूब्दा सरकारलाई गाली गर्ने प्रवृतिको अन्य हुनु आवश्यक रहेको बताए । आफुले गरेको लगानीको जोखिम उठाउन सक्ने क्षमता राखेर मात्रै लगानी गर्न अर्थमन्त्री खतिवडाको सुझाव थियो ।

नेपाल धितोपत्र बोर्डको रजत जयन्ती वर्षको अवसरमा आयोजित प्रथम पुँजी बजार प्रदर्शनी २०७५ को उद्घाटन गर्दै डा.खतिवडाले ठूला कम्पनीलाई पुँजी बजारमा पुँजी बजारको दायरामा ल्याउन बाध्यकारी व्यवस्था गरिने बताए । एक करोड पूँजी हुने लघुवित्त पूँजी बजारमा आउने तर बार्षिक रुपमा पचासौ करोड नाफा कमाउँने ठूला कम्पनीहरु नआउने र बाहिरै बस्ने भन्ने कुरा अब हुन सक्दैन । उनीहरुलाई पनि पूजी बजारमा आउन बाध्य पार्छौ । उनले अब हेज फण्ड र भेन्चर क्यापिटल जस्ता अबधारणामा जानै पर्ने बताए ।

पुँजी बजारको विकास र विस्तारको लागि आवश्यक पुर्वाधारको विकास गर्न भौतिक पुर्भाधार लगायतको सहयाेग नियामक निकायलाई गर्न सरकार तयार रहेको पनि उनले बताए ।

भोली सम्म चल्ने प्रदर्शनीमा प्रमुख रुपमा नेपाल स्टक एक्सचेन्ज, सीडीएस एन्ड क्लियरिङ, ब्रोकरहरु, मर्चेन्ट बैंकर, सामूहिक लगानी कोष, क्रेडिट रेटिङ कम्पनी, डीपी र आस्वा सेवा प्रदान गर्ने कम्पनीहरुको सहभागिता रहनेछ । अधिकांश सूचीकृत कम्पनीहरुले पनि सहभागिता जनाएका छन् ।

साथै, नेपाल राष्ट्र बैंक, बिमा समिति र आइक्यानको समेत सहभागिता रहे् धितोपत्र बोर्डले जानकारी दिएको छ । प्रदर्शनीमा करिब १७० वटा स्टल रहेका छन् ।

प्रकाशित : २६ बैशाख २०७५, बुधबार १४:१०