जनता बैंकको ईलाम शाखामा कारोवार शुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जनता बैंकको ईलाम शाखामा कारोवार शुरु



काठमाडाै । जनता बैंक नेपाल लिमिटेडले ईलाम शाखाबाट कारोवार शुभारम्भ गरेको छ । ईलाम नगरपालिका वडा नं. ०७, निकुञ्ज पथमा रहेको जनता बैंकको १०८औं शाखा हो ।

शाखाबाट पनि अन्य शाखाहरुमा झै आधुनिक बैंकिङ्ग सेवाका साथै रेमिटेन्स सेवा र ब्यांकासुरेन्स सेवा लिन सकिने बैंकले जानकारी दिएको छ । ईलाम नगरपालिका तथा आसपासमा रहेका उद्यमी, व्यवसायी तथा सर्वसाधारणमा सहज बैंकिङ्ग सेवा पु¥याउने पहल स्वरुप स्थापना गरिएको यस शाखाबाट ताप्लेजुङ शाखाका ग्राहकहरुका साथै यस पयर्टकीय क्षेत्रमा यात्रा गर्ने ग्राहकहरुले समेत थप सेवा प्राप्त गर्न सक्नेछन् ।

यस सँगै जनता बैंक नेपाल लिमिटेडको शाखा सञ्जाल १०८ पुगेको छ भने बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित : 4 May, 2018 12:25 pm