लक्ष्मी बैंकको नाफा ५६.८६ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लक्ष्मी बैंकको नाफा ५६.८६ प्रतिशतले वृद्धि



काठमाडौं । लक्ष्मी बैंकले ३ महिनामा नाफा ५६.८६ प्रतिशतले वृद्धि गरेको छ । २०७४ पुस मसान्तमा ५१ करोड नाफा कमाएको बैंकले चैतमा ८० करोड पुर्याएको हो ।

तीन महिनामै २९ करोड नाफा वृद्धि हुनुमा ब्याज आम्दानीको ठुलो हिस्सा रहेको छ । बैंकले तीन महिनामै ५५ करोडले ब्याज आम्दानी गरेको छ ।
बैंकले राइट ब्याकबाट ४ करोड प्राप्त गरेको छ भने नन अपरेटिङ इनकम पनि १५ करोड गर्न सफल भएको छ ।

१.१६ प्रतिशत खराब कर्जा रहेको बैंकको आधार ब्याज दर ११.३५ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी १३.६४ रुपैंयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १२६.३८ रुपैंयाँ रहेको छ ।

प्रकाशित : ११ बैशाख २०७५, मंगलवार १२:३६