ज्ञानेश्वरमा प्रभु बैंकको नयाँ शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ज्ञानेश्वरमा प्रभु बैंकको नयाँ शाखा



काठमाडाै । राजधानीको ज्ञानेश्वरमा प्रभु बैंकको नयाँ शाखा संचालनमा आएको छ । सोमबारबाट संचालनमा आएको उक्त बैंकको उद्घाटन बैंकका संचालक पुष्प बहादुर प्रधानले गरेका हुन् ।

मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरुमध्य प्रभु बैंक लिमिटेडको दरवारमार्ग शाखा कार्यालयको कारोबारलाई कमलादी शाखामा गाभी बैंकको दरवारमार्ग शाखा कार्यालयलाई ज्ञानेश्वरमा स्थानान्तरण गरिएको हो ।

यसका साथै मर्जरको क्रममा दोहोरिन गएका बैंकका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रकाशित : १० बैशाख २०७५, सोमबार १५:४०