आगलागीमा रु तीन लाख क्षति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

आगलागीमा रु तीन लाख क्षति



लहान। सिरहाको बरियारपट्टि गाउँपालिका–१ मा आज बिहान आगलागी हुँदा करीब रु तीन लाख बराबरको क्षति भएको छ ।बरियारपट्टि–१ निवासी योगेन्द्र यादवका घरबाट सल्केको आगो फैलिएर उनका दुई घर, घरमा रहेको रु २५ हजार, फर्निचर, खाद्यान्नलगायत सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीयवासी र प्रहरीको सहयोगमा आधा घण्टाभित्र आगो नियन्त्रणमा लिइएकाले थप दुर्घटना हुनबाट जोगिएको स्थानीयवासीले बताएका छन् ।

प्रकाशित : १३ चैत्र २०७४, मंगलवार १२:१८