एनआईसी एशियाद्वारा धनवर्ष मुद्धती खाता ‘रि–लञ्च’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनआईसी एशियाद्वारा धनवर्ष मुद्धती खाता ‘रि–लञ्च’



काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरुको हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरु लोकप्रिय ‘धनवर्षा मुद्धती खाता’ लाई ‘रि–लञ्च’ गरेको छ । १ वर्ष अवधिको उक्त मुद्धती खातामा वार्षिक १२ प्रतिशतका दरले मासिक रुपमा व्याज भुक्तानी गरिने छ ।

मुलुकभरका विभिन्न स्थानहरुमा छरिएर रहेको १८० शाखा सञ्जालहरुमध्ये जुनसुकै शाखाबाट उक्त मुद्धती खाता खोल्न सकिने र मुद्धती रसिदको धितोमा मौज्दातको ९० प्रतिशतसम्म कर्जा समेत उपलब्ध गराउन सकिने छ ।

त्यसैगरी, यसअघि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्च ब्याजदर सहितको ‘समुन्नति प्लस बचत खाता’ पनि रुपमा सञ्चालनमा रहिरहेको छ । ‘समुन्नति प्लस बचत खाता’ मा बैंकले त्रैमासिक ब्याज भुक्तानी हुने गरी वार्षिक १० प्रतिशतका दरले ब्याज प्रदान गर्दै आईरहेको छ ।

मुलुकभर १८० शाखा कार्यालयहरु, १८३ एटिएम सञ्जालहरु, ४ एक्स्टेन्सन काउन्टरहरु, ३ शाखारहित बैंकिङ सेवाहरु एवम् प्रत्यक्ष एवं अप्रत्यक्ष समेत गरी ५ हजारभन्दा बढि रेमिटान्स पेआउट एजेन्टहरु सहित राष्ट्रकै सर्वाधिक बढि बैंकिङ्ग सञ्जाल भएको बैंकको रुपमा एन आई सी एशिया बैंक स्थापित भैसकेको छ ।

प्रकाशित : २५ फाल्गुन २०७४, शुक्रबार ०८:२७