प्राइम लाईफको शेयर मूल्य  समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्राइम लाईफको शेयर मूल्य  समायोजन



काठमाडौं । प्राइम लाईफ इन्स्योरेन्सको शेयर मूल्य  समायोजन भएको छ । नेप्सेले कम्पनीको १६० प्रतिशत हकप्रदपछिको मूल्य ६३२ रुपैयाँ तोकेको हो । जसका लागि आधारमूल्य ९०२ रुपैयाँ लिइएको थियो ।

प्राइम लाईफ इन्स्योरेन्सले १६० प्रतिशत हकप्रद शेयरको बिक्री फागुन २७ गतेदेखि खुल्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ९७ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको ६० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीको हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ४ प्लस प्रदान गरेको छ । जसले कम्पनीको आधारहरु औसतभन्दा तल रहेको जनाउछ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्वार्थ क्यापिटल लिमिटेड रहेको छ ।

कहाँ-कहाँबाट भर्न सकिन्छ
प्राइम लाईफ इन्स्योरेन्सको हकप्रदमा प्राइम लाईफ इन्स्योरेन्स लिमिटेड काठमाडौं र यसका सम्पूर्ण शाखा कार्यालय, सिद्वार्थ क्यापिटल लिमिटेड नारायाणचौर नक्साल तथा नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

हकप्रदमा फागुन २७ गतेदेखि २०७५ वैशाख २ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित : २० फाल्गुन २०७४, आईतवार ११:१७