कालोबजारी रोक्न कुनै कसर बाँकी राखिदैनः संचारमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कालोबजारी रोक्न कुनै कसर बाँकी राखिदैनः संचारमन्त्री



काठमाडौं। सुचना तथा संचारमन्त्री डा. मिनेन्द्र रिजालले कर्कटपाताको अभाव हुन नदिन र कालोबजारी रोक्न सरकारले कुनै कसर बांकी नराख्ने बताएका छन् ।

आज रिपोर्टस् क्लबले गरेको कार्यक्रममा संचारमन्त्री रिजालले सरकारले जस्तापाता किनेर वितरण गर्दा समय लाग्ने भएकाले सिधै पैसा दिने निर्णय गरेको बताए ।

उनले १२ लाख जस्तापाताको माग भएको भन्दै विदेशमा समेत खरिदका लागि काम अघि बढेको बताए । प्रधानमन्त्री यही सरकारलाई राष्ट्रिय समितिको बनाउन तयार रहेको जानकारी समेत दिए ।

प्रकाशित : ४ जेष्ठ २०७२, सोमबार ०६:४५