अन्तर्घात गर्नेलाई कारबाही गर्न काँग्रेश अग्रसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अन्तर्घात गर्नेलाई कारबाही गर्न काँग्रेश अग्रसर



काठमाडाै । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा अन्तर्घात गर्ने आफ्नै पार्टीका नेता तथा कार्यकर्तालाई काँग्रेसले कार्वाही गर्ने भएको छ ।

आफ्नै पार्टीका प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारलाई हराउने अभिप्रायले सुनियोजित ढंगबाट प्रतिनिधिसभाका हँसिया हतौडा र प्रदेशसभाका लागि सूर्य चिन्हमा भोट माग्नेलाई कार्वाही गर्न जिल्ला अनुशासन कमिटि अग्रसर भएको हो ।जिल्ला अनुशासन कमिटि संयोजक अर्जुनबहादुर मल्लले विज्ञप्ति जारी गरी अन्तर्घात गर्ने जो कोहीलाई कार्वाही गर्ने जनाएका छन् ।

त्यसका लागि एक हप्ताभित्र सप्रमाण उजुरी दिन समय दिइएको छ ।

प्रकाशित : २८ मंसिर २०७४, बिहीबार १७:३१