किन भयो चितवनमा मतगणना अलमल ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

किन भयो चितवनमा मतगणना अलमल ?



चितवन । बिहान ९ बजेदेखि गर्ने भनिएको चितवनको मतगणना दिउँसो १ बजेसम्म पनि शुरु हुन सकेको छैन ।

जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार आन्तरिक व्यवस्थापनका कारण मतगणना शुरु हुन ढिलाइ भएको हो । जिल्ला निर्वाचन अधिकारी हरि ढकालले अब केही बेरमा गणना शुरु हुने जानकारी दिए ।

यसअघि बिहीबार राति मुख्य निर्वाचन अधिकृतसँग बसेको सर्वदलीय बैठकले आज बिहान ९ बजेदेखि गणना गर्ने निर्णय गरेको थियो । तर आज बिहान पुनः सर्वदलीय बैठक बसी मतगणना तत्कालै शुरु गर्ने निष्कर्ष निकाले पनि अझै शुरु हुन सकेको छैन ।

बिहानको दलको निर्णयपछि दलका प्रतिनिधिको परिचयपत्र बनाउने लगायत आवश्यक आन्तरिक तयारी थालिएको थियो । आवश्यक तयारीका काम पूरा नहुँदा अहिले १ बजेसम्म मतगणना शुरु हुन नसकेको हो ।

चितवनका सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले एक उम्मेदवारको एकजना प्रतिनिधि राख्ने र प्रत्येक क्षेत्रको तीन ठाउँमा गणना हुने जानकारी दिए ।

प्रकाशित : २२ मंसिर २०७४, शुक्रबार १४:०२