यी हुन् उपत्यकामा भूूकम्पीय खतराका ठाउँहरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यी हुन् उपत्यकामा भूूकम्पीय खतराका ठाउँहरु



भूगर्वविदहरुले केही दिनको अध्ययनपछि उपत्यकाका केही ठाउँहरु भूकम्पको जोखिममा रहेको बताएका छन् । भूकम्पको क्षतिको विवरण लिनेक्रममा उनीहरुले त्यस्ता ठाउँहरुलाई लोकेटमा राखेका छन् । विपत व्यवस्थापन सम्बन्धी सभासदहरुसँगको भेलामा भूगर्भविदहरले काठमाडौंका केही ठाउँमा जमिनमुनि ताल भएकाले ति ठाउँको  माटो कमजोर रहेको बताए । कार्यक्रममा भूगर्भविद डा. रन्जन कुमार दाहालले तालका कारण माटो कमलो भएकोले ती ठाउँहरु भूकम्पीय दृष्टिले कम्जोर भएको बताए । उनले केहीदिनको अध्ययनपछि ति ठाउँहरुको वारे जानकारी प्राप्त भएको पनि बताए । उनका अनुसार काठमाडौंको धापासी, गोंगबु, रामकोट, सितापाइला, ललितपूरको इमाडोल, धापाखेल तथा भक्तपूरको कौशलटार, सिपाडोल क्षेत्र भूकम्पमा बढी खतरा भएको बताए । जग्गा प्लटिङमा पुरिएक घँडेरीमा बनाइएका पनि घर उच्च जोखिममा रहेको उनले बताए ।

प्रकाशित : ३ जेष्ठ २०७२, आईतवार १२:२६