बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा बढी आयकर तिर्ने नबिल बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा बढी आयकर तिर्ने नबिल बैंक



काठमाडौं । बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंकका रूपमा नबिल बैंक सम्मानित भएको छ । राष्ट्रिय कर दिवसको अवसरमा मंगलबार (आज) काठमाडाैंमा आयोजित एक विशेष समारोहमा सरकारले नबिल बैंकलाई सम्मान गरेको हो ।

बैंकले आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेको थियो । सोही योगदानको कदर गर्दै सरकारले नबिल बैंकलाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको हो ।

नबिल बैंक सबैभन्दा बढी नाफा कमाउने बैंकसमेत हो ।

आयकर ऐनको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो करयोग्य आयमा ३० प्रतिशत आयकर तिर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित : 17 November, 2026 11:52 am