काठमाडौं । फिस्टेल डेरी प्रालिअन्तर्गतको प्रिमियम आइसक्रिम ब्रान्ड नोभा क्राउन प्रिमियम आइसक्रिमले अभिनेत्री शिल्पा मास्केलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
प्रिमियम स्वाद, आधुनिक जीवनशैली र उपभोक्तासँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने उद्देश्यले मास्केलाई ब्रान्ड एम्बेसडर नियुक्त गरिएको कम्पनीले जनाएको छ। यससम्बन्धी सम्झौतामा अभिनेत्री मास्के र नोभा क्राउनका ब्रान्ड सुपरभाइजर प्रायुष निरौलाले हस्ताक्षर गरेका छन्।

मास्केसँगको सहकार्यप्रति उत्साह व्यक्त गर्दै निरौलाले उनको प्रतिभा, व्यक्तित्व तथा युवा पुस्तामाझको लोकप्रियता नोभा क्राउनको ब्रान्ड पहिचानसँग मेल खाने बताए।
मास्केले पनि नोभा क्राउनसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै गुणस्तरीय तथा प्रिमियम आइसक्रिम अनुभव प्रदान गर्ने उद्देश्य बोकेको ब्रान्डसँग जोडिन पाउँदा उत्साहित रहेको बताएकी छन्।

ब्रान्ड एम्बेसडरका रूपमा मास्केले नोभा क्राउनका विभिन्न विज्ञापन, ब्रान्ड प्रवर्द्धन, डिजिटल सामग्री, सामाजिक सञ्जाल अभियान तथा उपभोक्तामुखी कार्यक्रममा सहभागिता जनाउने कम्पनीले जनाएको छ।
मास्केसँगको सहकार्यले विशेषगरी युवा तथा आधुनिक जीवनशैली अपनाउने उपभोक्तामाझ ब्रान्डको पहुँच विस्तार गर्न सहयोग पुग्ने कम्पनीको अपेक्षा छ। साथै, प्रिमियम आइसक्रिम बजारमा नोभा क्राउनको ब्रान्ड पहिचान थप बलियो बनाउने लक्ष्य कम्पनीले लिएको जनाएको छ।

फिस्टेल डेरी प्रालिअन्तर्गतको नोभा क्राउनले नेपाली उपभोक्तालाई गुणस्तरीय उत्पादन र प्रिमियम आइसक्रिम अनुभव प्रदान गर्ने उद्देश्यसहित आफ्ना उत्पादन तथा ब्रान्ड गतिविधि विस्तार गर्दै आएको छ।










Comment