मलेसियामा चम्कियो प्रोटोन ई.मास ५, जित्यो दुई अवार्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

मलेसियामा चम्कियो प्रोटोन ई.मास ५, जित्यो दुई अवार्ड



काठमाडौं । मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनको विद्युतीय कार ई.मास ५ ले दुई अन्तर्राष्ट्रिय अवार्ड जितेको छ। मलेसियामा आयोजित ‘कारलिस्ट डट एमवाई पिपुल्स एन्ड एडिटर्स च्वाइस अवार्ड्स २०२६’ मा ई.मास ५ ले दुई विधामा अवार्ड प्राप्त गरेको हो।

ई.मास ५ ले ‘उत्कृष्ट सब–कम्प्याक्ट ह्याचब्याक–पिपुल्स च्वाइस’ र ‘उत्कृष्ट अफोर्डेबल कार–एडिटर्स च्वाइस’ विधामा अवार्ड जितेको कम्पनीले जनाएको छ।

यी उपलब्धिले मलेसियाको विद्युतीय सवारी बजारमा ई.मास ५ ले उपभोक्ता तथा अटोमोबाइल क्षेत्रका विज्ञमाझ राम्रो लोकप्रियता र स्वीकार्यता हासिल गरेको देखाएको कम्पनीको दाबी छ।

पिपुल्स च्वाइस अवार्ड उपभोक्ताको रोजाइ र विश्वासका आधारमा प्रदान गरिएको हो भने एडिटर्स च्वाइस अवार्ड अटोमोबाइल क्षेत्रका विज्ञहरूको मूल्याङ्कनमा आधारित छ। कारको समग्र गुणस्तर, उपयोगिता र मूल्यलाई आधार बनाएर उक्त सम्मान प्रदान गरिएको कम्पनीले जनाएको छ।

आधुनिक डिजाइन, उन्नत प्रविधि, स्मार्ट कनेक्टिभिटी तथा दैनिक प्रयोगका लागि आवश्यक सुविधासहित ई.मास ५ बजारमा उपलब्ध छ। विद्युतीय सवारीलाई थप सहज र सर्वसाधारणको पहुँचमा पुर्‍याउने प्रोटोनको प्रयासलाई यो उपलब्धिले थप बल पुर्‍याउने कम्पनीको विश्वास छ।

नेपालमा पनि विद्युतीय सवारीको बजार विस्तार भइरहेका बेला ई.मास ५ को अन्तर्राष्ट्रिय उपलब्धिलाई महत्वपूर्ण रूपमा हेरिएको छ। प्रविधिमैत्री, व्यावहारिक र उचित मूल्यका सवारी साधनप्रति नेपाली उपभोक्ताको आकर्षण बढ्दै गएको अवस्थामा यसले ब्रान्डको पहिचान थप बलियो बनाउने कम्पनीको अपेक्षा छ।

नेपालमा प्रोटोनका सवारी साधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालि हो। कम्पनीले प्रोटोन मलेसियासँगको सहकार्यमा बिक्री तथा सेवा सञ्जाल विस्तार गर्दै ग्राहकलाई सहज र भरपर्दो सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।

यसअघि प्रोटोन ई.मास ७ नेपाली बजारमा भित्र्याइसकेको कम्पनीले ई.मास ५ को आगमनलाई नेपालमा विद्युतीय मोबिलिटी विस्तारको अर्को महत्वपूर्ण कदमका रूपमा लिएको छ। विश्वस्तरीय अटोमोबाइल प्रविधि नेपाली उपभोक्तामाझ पुर्‍याउँदै विद्युतीय सवारीप्रतिको विश्वास बढाउने कम्पनीको लक्ष्य छ।

प्रकाशित : 13 November, 2026 1:57 pm