काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्नस्थापनाका लागि गरिमा विकास बैंकले १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
भदौ १० गते गएको बाढीपछि उत्पन्न कठिन परिस्थितिमा रहेका नागरिकलाई सघाउन बैंक र त्यहाँ कार्यरत कर्मचारीको तर्फबाट उक्त रकम उपलब्ध गराउन लागिएको हो।
प्रभावित क्षेत्रका बासिन्दाको उद्धार र पुनर्नस्थापना प्रयोजनका लागि कर्मचारीका तर्फबाट एक दिनको तलब तथा भत्ता बापतको १६ लाख २० हजार ५ सय ५० रुपैयाँ योगदान भएको छ। यसैगरी बैंकको तर्फबाट ३४ लाख ९० हजार ५ सय ६१ रुपैयाँ थप गरी जम्मा ५१ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको छ।
यसका साथै प्रभावित क्षेत्रको शिक्षा, स्वास्थ्य तथा नागरिकको पुनर्नस्थापना सम्बन्धी कार्यक्रममा स्थानीय निकायसँगको समन्वयमा थप ५० लाख रुपैयाँ बराबरको प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्धता बैंकले जनाएको छ। यो रकम संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कोषबाट खर्च गरिनेछ।








Comment