काठमाडाैँ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा क्षितिज खड्का नियुक्त भएका छन्।
संस्थामा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आएका अध्यक्ष रविन सिजापति बैंकबाट अलग भई अर्को वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएपछि सञ्चालक पद रिक्त भएको थियो।
त्यसपछि भदौ २९ गते बसेको नेशनल लघुवित्तको सञ्चालक समितिको २१२औँ बैठकले हाल कायम सञ्चालकमध्येबाट खड्कालाई अध्यक्ष चयन गरेको हो।
कम्पनीका अनुसार सञ्चालक समितिले खड्कालाई अध्यक्ष चयन गर्ने निर्णय सर्वसम्मत रूपमा गरेको हो।








Comment