तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने



काठमाडौं । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने भएका छन्। भदौ २९ गते परेको तीजमा विशेष पूजा तथा दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

भक्तजनको चाप व्यवस्थापन गर्न मन्दिरबाहिर पाँच र परिसरभित्र आठवटा लाइनको व्यवस्था गरिनेछ। महिलाको संख्या बढी हुने भएकाले महिला सुरक्षाकर्मी थप परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ।

सवारी व्यवस्थापनका लागि विशिष्ट व्यक्तिका सवारीसाधन कोष परिसरमा पार्किङ गरिनेछ। अन्य सवारीका लागि भण्डारखाल, सिफल चौर, वनकाली, तिलगंगा र उमाकुण्ड पार्किङस्थल तोकिएको छ।

प्रकाशित : 13 September, 2026 4:03 pm