काठमाडौं । गोल्छा अर्गनाइजेसनअन्तर्गत नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले इलेक्ट्रिक एसयूभी लिपमोटर सी१० को २०२६ मोडलमा विशेष मूल्य घोषणा गरेको छ । कम्पनीका अनुसार विशेष अफरअन्तर्गत लिपमोटर सी१० अब ७५.९९ ला रुपियाँमै उपलब्ध गराउने अफर ल्याएको हो ।
यो विशेष अफर सकिएपछि यसको मूल्य ७७.९९ लाख रुपियाँ कायम हुने कम्पनीले जानकारी दिएको छ । नयाँ मूल्य योजनाले ग्राहकलाई लिपमोटर सी१० खरिदका लागि थप आकर्षित गर्ने अपेक्षा गरिएको छ । २०२६ मोडलको सी१० मा स्मार्ट कनेक्टिभिटीलाई थप प्राथमिकता दिइएको छ । यसमा आधिकारिक लिपमोटर एपसँगै एप्पल कारप्ले र एन्ड्रोइड अटोको सुविधा उपलब्ध छ ।
नेपालमा लिपमोटरको सबैभन्दा बढी बिक्री हुने तथा रुचाइएको मोडलका रूपमा सी१० लाई कम्पनीले प्रस्तुत गर्दै आएको छ । सी१० सेल–टु–चेसिस प्रविधिमा आधारित इलेक्ट्रिक एसयूभी हो । यसमा १६० किलोवाट क्षमताको इलेक्ट्रिक रियर–ह्वील ड्राइभ मोटर जडान गरिएको छ ।
कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्जमा ५३० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । यस एसयूभीमा १९० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स रहेको छ । गाडीको इन्टेरियरमा १४.६ इन्चको सेन्ट्रल टचस्क्रिन, १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले तथा २.१ वर्गमिटरको प्यानोरमिक ग्लास रूफ उपलब्ध छ ।
लिपमोटर विश्वप्रसिद्ध अटोमोटिभ समूह स्टेलान्टिससँगको विश्वव्यापी सहकार्यमा सञ्चालन भइरहेको विद्युतीय सवारी ब्रान्ड हो । कम्पनीका अनुसार लिपमोटरले हालसम्म विश्वभर १६ लाखभन्दा बढी विद्युतीय सवारी बिक्री गरिसकेको छ । जुलाई महिनामा मात्रै १ लाखभन्दा बढी युनिट बिक्री भएको कम्पनीको भनाइ छ ।
लिपमोटरको बिक्री तथा सेवा सञ्जाल विश्वका ५० भन्दा बढी देशमा विस्तार भएको छ । कम्पनीका अनुसार हाल विश्वभर १ हजार ७ सयभन्दा बढी बिक्री तथा सेवा केन्द्र सञ्चालनमा छन् ।





Comment