बिदाका दिनमा पनि बैंकिङ सेवा सुचारु राख्न राष्ट्र बैंकको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बिदाका दिनमा पनि बैंकिङ सेवा सुचारु राख्न राष्ट्र बैंकको निर्देशन



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले शुक्रबारदेखि आइतबार पनि वित्तीय सेवा दिने भएका छन् । नेपाल राष्ट्र बैंकले रसुवा बाढी पीडितलाई राहत र उद्धारमा सहजीकरणका लागि सेवा सुचारू राख्न निर्देशन दिएको हो ।

केन्द्रीय बैंकका अनुसार, रसुवा बाढीको कारणबाट प्रभावितहरूलाई राहत वितरण तथा उद्धार कार्यमा सघाउ पुर्‍याउने प्रयोजनका लागि अत्यावश्यक बैंकिङ सेवा सुचारु हुनेछ ।

साथै बैंकहरूले सेवा सुचारु रहेको जानकारी पनि सर्वसाधारणलाई दिनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

प्रकाशित : 27 August, 2026 9:51 pm