काठमाडाै । बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल पक्राउ परेकी छन्। नेपाल बीमा प्राधिकरण, कुपण्डोल, ललितपुरको पत्र तथा ट्रष्ट इन्स्योरेन्स ब्रोकर प्रालिमा गरिएको निरीक्षण प्रतिवेदनका आधारमा बीमा ऐन, २०७९ को दफा १४० को उपदफा (१) को खण्ड (छ) र (झ) बमोजिमको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उक्त कसुरमा संलग्न रहेको आरोपमा काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका–३ निवासी ३९ वर्षीया पौडेललाई काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिएर बिहीबार काठमाडौंको बबरमहलबाट पक्राउ गरिएको हो। पौडेललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





Comment