काठमाडौं । नेपालका लागि लक्जरी तथा इन्टेलिजेन्ट दिपल ईभीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्प प्रा.लि.ले नाडा अटो शो २०२६ को अवसरमा दिपल एस ०५ म्याक्स भेरियन्टका लागि विशेष मूल्य घोषणा गरेको छ। नेपालको सर्वाधिक बिक्री हुने लक्जरी ईभी अब रु. ६१.४९ लाखदेखि उपलब्ध हुनेछ। यो विशेष मूल्य नाडा अटो शोको समापनसम्म लागू हुनेछ।
नेपालमा सार्वजनिक भएदेखि नै दिपल एस०५ ले प्रिमियम विद्युतीय सवारी बजारमा बलियो उपस्थिति स्थापित गरेको छ। यसको विशिष्ट डिजाइन, परिष्कृत इन्टेरियर, इन्टेलिजेन्ट फिचर तथा आरामदायी ड्राइभिङ अनुभवले आधुनिक लक्जरी ईभी खोज्ने ग्राहकहरूमाझ यसलाई रोजाइको मोडल बनाएको छ।
दिपल एस०५ म्याक्सले लक्जरी, स्टाइल र इन्टेलिजेन्ट टेक्नोलोजीको उत्कृष्ट सन्तुलन प्रस्तुत गर्छ। यसको आकर्षक बाहिरी डिजाइनमा सफा र भविष्यवादी प्रोफाइल तथा फ्रेमलेस ढोकाहरू समावेश छन्। त्यस्तै, यसको प्रिमियम क्याबिनले प्रत्येक यात्रालाई आरामदायी र परिष्कृत बनाउँछ। रिमोट स्मार्ट इन्टर्याक्सन अर्बिट (आरएसआईओ), एआर हेड–अप डिस्प्ले र इन्टेलिजेन्ट क्विन को–पाइलट सिटजस्ता अत्याधुनिक प्रविधिले दैनिक ड्राइभिङलाई अझ सुविधाजनक, सहज र आनन्ददायी बनाउँछन्। यी विशेषताहरूको संयोजनले एस०५ म्याक्सलाई प्रिमियम आराम, आकर्षक व्यक्तित्व र प्रविधिमैत्री चरित्र भएको विशिष्ट इलेक्ट्रिक एसयूभीका रूपमा स्थापित गरेको छ।
नाडा अटो शोका लागि घोषणा गरिएको विशेष मूल्यले प्रिमियम इलेक्ट्रिक एसयूभीमा अपग्रेड गर्न चाहने ग्राहकका लागि दिपल एस०५ म्याक्सलाई अझ आकर्षक विकल्प बनाएको छ। लक्जरी, इन्टेलिजेन्ट टेक्नोलोजी, विशिष्ट डिजाइन र दैनिक प्रयोगमा आवश्यक व्यावहारिकताको संयोजनसहित एस०५ म्याक्सले नेपालको तीव्र रूपमा विस्तार भइरहेको ईभी बजारमा नयाँ मापदण्ड स्थापित गरिरहेको छ।
आगन्तुकहरूले नाडा अटो शो २०२६ मा रहेको दिपल पेभिलियनमा दिपल एस०५ म्याक्स अवलोकन गर्न, यसका विशेषताबारे विस्तृत जानकारी लिन तथा विशेष मूल्यको लाभ उठाउन सक्नेछन्।


Comment