एभरेष्ट कलरको आईपीओ बिक्री खुला, कसरी दिने आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

एभरेष्ट कलरको आईपीओ बिक्री खुला, कसरी दिने आवेदन ?



काठमाडौँ । एभरेष्ट कलर लिमिटेडले आज (जेठ २२ गते) देखि आईपीओ बिक्री खुला गरेको छ। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको थियो।

कम्पनीले कुल ७ लाख ९० हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर वितरण भइसकेको छ।

अब सर्वसाधारणका लागि ६ लाख ५५ हजार ७०० कित्ता शेयर बिक्रीमा ल्याइएको हो। प्रतिकित्ता शेयरको मूल्य १०० रुपैयाँ तोकिएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओमा जेठ २७ गतेसम्म आवेदन दिन पाइनेछ। सो अवधिमा सबै शेयर बिक्री नभएमा आवेदन दिने म्याद असार ५ गतेसम्म थपिने कम्पनीले जनाएको छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्हालेको छ। लगानीकर्ताले आस्बा सुविधा उपलब्ध बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीले प्राप्त गरेको ‘केयरएनपी डबल बी’ रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।

प्रकाशित : 5 June, 2026 12:23 pm