युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँड, २२ लाखभन्दा बढी कित्ता वितरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
२ मंसिर २०८३, बुधबारWednesday, November 18, 2026

अर्थबजार स्टोरी

युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँड, २२ लाखभन्दा बढी कित्ता वितरण

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले निष्काशन गरेको हकप्रद शेयर बाँडफाँड प्रक्रिया सम्पन्न गरेको छ। कम्पनीले शेयरधनीहरूलाई १०० कित्ता साधारण शेयर बराबर १० कित्ताको अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल २३ लाख १० हजार कित्ता हकप्रद साधारण शेयर निष्काशन गरेको थियो।

हकप्रद शेयरका लागि आवेदन दिएका योग्य शेयरधनीहरूलाई कुल २२ लाख ३९ हजार ५२० कित्ता शेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।

उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी एलएस क्यापिटलले सम्हालेको थियो।

प्रकाशित : २१ जेष्ठ २०८३, बिहिबार १३:२२ 4 June, 2026 1:22 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।