काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले निष्काशन गरेको हकप्रद शेयर बाँडफाँड प्रक्रिया सम्पन्न गरेको छ। कम्पनीले शेयरधनीहरूलाई १०० कित्ता साधारण शेयर बराबर १० कित्ताको अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल २३ लाख १० हजार कित्ता हकप्रद साधारण शेयर निष्काशन गरेको थियो।
हकप्रद शेयरका लागि आवेदन दिएका योग्य शेयरधनीहरूलाई कुल २२ लाख ३९ हजार ५२० कित्ता शेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।
उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी एलएस क्यापिटलले सम्हालेको थियो।






Comment