चुनौतीलाई अवसरमा बदल्ने सरकारको प्रतिबद्धता : अर्थमन्त्री वाग्ले « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

चुनौतीलाई अवसरमा बदल्ने सरकारको प्रतिबद्धता : अर्थमन्त्री वाग्ले



काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्ले ले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै सरकारले नीतिगत सुधारमार्फत अर्थतन्त्रलाई सुदृढ बनाउने बताएका छन् । संघीय संसद्को संयुक्त बैठकमा बजेट घोषणा गर्दै उनले अर्थतन्त्र सुधारका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

उनले सरकारले प्रमाणित हुने गरी काम गरिरहेको दाबी गर्दै आर्थिक सूचकहरू सुधार गर्ने दायित्व वर्तमान सरकारको रहेको बताए । मुलुकको आर्थिक अवस्था चुनौतीपूर्ण रहे पनि त्यसको समाधानका लागि सरकार स्पष्ट योजनासहित अघि बढ्ने उनको भनाइ थियो ।

अर्थमन्त्री वाग्लेले आन्तरिक बजारमा देखिएको सुस्तता र सरकारी कार्यालयप्रति बढ्दो अविश्वासलाई प्रमुख चुनौतीका रूपमा औंल्याए । बजेटमार्फत यस्ता चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने लक्ष्य सरकारले लिएको उनले बताए ।

उनका अनुसार निजी क्षेत्रको मनोबल बढाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने तथा प्रशासनिक सुधारमार्फत आर्थिक गतिविधि चलायमान बनाउने दिशामा सरकार केन्द्रित रहनेछ ।

प्रकाशित : 29 May, 2026 4:26 pm