काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार (२०८३ वैशाख २४ गते) पछिल्लो ६७५ दिन अर्थात् करिब २ वर्षयताकै सबैभन्दा कम कारोबार भएको छ । आज कुल २ अर्ब ९३ करोड १९ लाख ६८ हजार ८७७ रुपैयाँ ५७ पैसा बराबरको ६६ लाख ८४ हजार ७ कित्ता सेयर मात्र किनबेच भयो । यसअघि सन् २०२४ जुलाई १ (२०८१ असार १७) मा यो स्तरको न्यून कारोबार देखिएको थियो ।
लगानीकर्ताको मनोबल कमजोर रहँदा बजारमा पर्याप्त चासो नदेखिँदा दैनिक कारोबार रकम लामो समयपछि ३ अर्बभन्दा तल झरेको हो । बजार सहभागीहरू नीतिगत स्पष्टता र ब्याजदरको स्थायित्वको प्रतीक्षामा रहेकाले कारोबार सुस्ताएको विश्लेषकहरूको भनाइ छ ।






Comment