नेप्सेमा ६७५ दिनयताकै सबैभन्दा कम कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

नेप्सेमा ६७५ दिनयताकै सबैभन्दा कम कारोबार

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार (२०८३ वैशाख २४ गते) पछिल्लो ६७५ दिन अर्थात् करिब २ वर्षयताकै सबैभन्दा कम कारोबार भएको छ । आज कुल २ अर्ब ९३ करोड १९ लाख ६८ हजार ८७७ रुपैयाँ ५७ पैसा बराबरको ६६ लाख ८४ हजार ७ कित्ता सेयर मात्र किनबेच भयो । यसअघि सन् २०२४ जुलाई १ (२०८१ असार १७) मा यो स्तरको न्यून कारोबार देखिएको थियो ।

लगानीकर्ताको मनोबल कमजोर रहँदा बजारमा पर्याप्त चासो नदेखिँदा दैनिक कारोबार रकम लामो समयपछि ३ अर्बभन्दा तल झरेको हो । बजार सहभागीहरू नीतिगत स्पष्टता र ब्याजदरको स्थायित्वको प्रतीक्षामा रहेकाले कारोबार सुस्ताएको विश्लेषकहरूको भनाइ छ ।

प्रकाशित : २४ बैशाख २०८३, बिहिबार १५:५८ 7 May, 2026 3:58 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।