महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी क्यालेन्डर २०८३’ को डिजिटल संस्करण सार्वजानिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी क्यालेन्डर २०८३’ को डिजिटल संस्करण सार्वजानिक



काठमाडौं । महालक्ष्मी विकास बैंकद्धारा ुमहालक्ष्मी क्यालेन्डर २०८३ु को डिजिटल संस्करण सार्वजनिक भएको छ । बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गमा आयोजित कार्यक्रमका उक्त क्यालेन्डर सार्वजनिक गरिएको हो ।

परम्परागत रूपमा प्रकाशन गरिने क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै जाने उद्देश्यअनुरुप डिजिटल संस्करण सार्वजनिक गरिएको बैंकले बताएको छ । महत्त्वपूर्ण चाडपर्वहरू, तिथि, बिदा, शुभ साइत तथा विक्रम संवत, नेपाल संवत तथा अंग्रेजी संवतको मितिहरूलगायतका सम्पूर्ण विषयवस्तुहरू डिजिटल क्यालेन्डरमा समावेश गरिएको छ ।

नयाँ डिजिटल संस्करण प्रयोगकर्ताहरूको लागि अझ सहज र उपयोगी हुनुका साथै नेपालीहरूको संस्कृतिलाई संवर्द्धन तथा निरन्तरता प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित : 30 March, 2026 12:12 pm